जनजागृति बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न
२ करोड ५९ लाख ४५ हजार ५०१ रुपैयाँ बराबारको कारोबार

मकवानपुर । मकवानपुरगढी गाउँपालिका ५ सिमलटारमा अवस्थित जनजागृति बहुउद्देश्यीय सहकारी संस्था लि.को २८ औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हिरामणि दहालको सभाध्यक्षता तथा संस्थाका शेयर सदस्य एंव वडा अध्यक्ष दिपेश दहालको आतिथ्यतामा सभा भएको थियो ।

२ करोड ५९ लाख ४५ हजार ५०१ रुपैयाँ बराबारको कारोबार गरेको सहकारीको शेयरपुजीँ २ लाख २१ हजार तीन सय रहेको व्यवस्थापक राजन घिमिरेले बताए । दुग्ध संकलन र विक्रीका साथै बचत ऋणको कारोबार गर्दै आइरहेको सहकारीले सदस्यलाई ३२ लाख ५६ हजार २०४ रुपैयाँ कर्जा लगानी गरेको छ भने बचत निक्षेप ३० लाख ६१ हजार ९५० रुपैयाँ रहेको व्यवस्थापक घिमिरेले बताए ।

सभामा उनले चालु आवमा २ करोड ७ लाख ६ हजार पाँच सयको आयव्यय प्रस्तुत गरेका थिए । आव २०८१्०८२ मा संस्थाले दुई लाख ३६ हजार ७ सय लिटर दुध खरिद गरि बिक्री गरेको छ । सभाकै अवसरमा संस्थाले विभिन्न विधामा सदस्यलाई सम्मान तथा पुरस्कृत गरेको छ । नियमित दुध बिक्री गर्ने झम्क कुमारी घिमिरे, सरसफाई दुध बिक्री सन्तबहादुर थिङ, गुणस्तर दुध बिक्री गर्ने होमबहादुर भ्लोन, ९० वर्ष सम्म पनि सक्रिय दुध बिक्री गर्ने देवीप्रसाद घिमिरेलाई सम्मान गरिएको थियो ।

त्यस्तै, पाँच हजार लिटर भन्दा बढी दुध बिक्री गर्ने लक्ष्मण दहाल, देवीप्रसाद घिमिरे, यटबहादुर बस्नेत, प्रेमप्रसाद दुलाल(ख), शंकरनाथ अधिकारी, मानबहादुर बस्नेत, सोमप्रसाद दुलाल, यसोदा तिमल्सिना, गोमा मोक्तान, अशोक स्याङ्तान र लेखनाथ ढुङ्गानालाई पुरस्कृत गरिएको व्यवस्थापक घिमिरेले बताए ।

त्यस्तै, नियमित दुध खरिद गर्ने जय बिन्दाबासिनी पशुफर्म, नियमित बचत गर्ने नारायण दाहाल र असल ऋणी कृष्णप्रसाद चौलागाईलाई पनि पुरस्कृत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.