जेन-जी आन्दोलनमा हेटौंडामा आगजनी तथा तोडफोडमा संलग्न पाँच जना पक्राउ

हेटौंडा । जेन-जी आन्दोलनको क्रममा आपराधिक उपद्र, तोडफोड तथा आगजनीमा संलग्न पाँच जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा हेटौंडा उपमहानगरपालिका–११, नवलपुर बस्ने सुशिल पौडेलको घरमा आगजनी र तोडफोड गरेको अभियोगमा सोही ठाउँका ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र राना मगरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

उनीहरूविरुद्ध आपराधिक उपद्र तथा लुटपाट सम्बन्धी कसुरमा जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको बताइएको छ । त्यसै गरी सोही दिनको आन्दोलनकै क्रममा बागमती प्रदेश सभा सचिवालयको भवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको भवनमा तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सर्लाही बरथवा नगरपालिका–१ की २७ वर्षीया पुनम ठाकुर, सोही ठाउँका २७ वर्षीय प्रमोद महतो, र हेटौंडा उपमहानगरपालिका–८ का ४३ वर्षीय सागर घताने (रोमबहादुर घताने) रहेका छन्। पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.