मकवानपुरका दाहालसहित दुई जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनको क्रममा आगजनी तथा प्रहरीमाथि कुटपिटमा संलग्न रहेको आरोपमा मकवानपुरका प्रल्हाद दाहाल पक्राउ परेका छन् ।

मकवानपुरगढी गाउँपालिका– ३ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका– ७ बस्ने ४३ वर्षीय दाहाललाई प्रहरी प्रभाग साँखुमा आगजनी तथा प्रहरीमाथि कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दाहालसँगै अर्का एक जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा शंखरापुर नगरपालिका– ३ घर भएका ४७ वर्षीय सानुकान्छा वाइबा रहेका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरी प्रभाग साँखुले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.