तिहार र छठमा अवैध क्रियाकलाप नगर्न मकवानपुर प्रशासनको आग्रह, नमान्नेलाई कारबाही गर्ने चेतावनी

हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले तिहार र छठ पर्वलाई मध्यनजर गर्दै नागरिकलाई मर्यादित, सुरक्षित र सौहार्दपूर्ण वातावरणमा पर्व मनाउन आग्रह गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै जुवा, तास, पटका र अन्य अवैध क्रियाकलाप नगर्न आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठको हस्ताक्षरमा जारी सूचनामा यदी जो–कोहीले मूल्यवृद्धि, कालोबजारी, मिसावट, तथा अवाञ्छित भाडा वृद्धि जस्ता क्रियाकलापमा संलग्न हुने व्यवसायीहरूलाई समेत कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।

सूचनामा भनिएको छ, “चाडपर्वको समयमा आफ्नो खुशी र मनोरञ्जन अरूको जीवनमा असर नपर्ने गरी मनाउनुपर्छ ।”

त्यस्तै, प्रशासनले चाडपर्वको समयमा प्लास्टिकजन्य प्रदूषण फैलाउने, भीडभाडमा अव्यवस्थित रूपमा सवारी सञ्चालन गर्ने, तथा सार्वजनिक सुरक्षामा असर पार्ने कार्य नगर्न अनुरोध गरेको छ ।

हेर्नुहोस् सूचना ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.