मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित भुन्द्रुङतर्फ जाने नयाँ पुल मुनि राप्ती खोलाको बगरमा एक अज्ञात पुरुषको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार साँझ करिब ५ बजे अन्दाजी २५ देखि ३० वर्ष उमेरका हाल नाम, थर र वतन नखुलेका पुरुषको शव फेला परेको हो।
हालसम्म शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। चिन्नुहुने व्यक्तिहरूले आफन्तलाई जानकारी गराउन वा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सम्पर्क गर्न आग्रह गरिएको छ।
प्रतिकृया दिनुहोस्















