दशैं टीकाको दिनमा पानी पर्ने सम्भावना छः मौसम विज्ञान विभाग

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको दशैंको टीकाको दिनमा पानी पर्ने सम्भावना रहेकोे जनाएको छ । विभागले दशैं विशेष मौसम बुलेटिन जारी गर्दै सो बारे जानकारी गराएको हो ।

विभागले दशैंको टीकाको दिनमा पनि पानी पर्ने सम्भावना औंल्याएको हो । यस वर्षको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने भन्दै विभागले मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

सार्वजनिम बुलेटिन अनुसार, यस वर्ष अष्टमी, नवमी र दशमी (असोज १४, १५ र १६ गते) को मौसम आँकलन गरिएको छ । त्यसमा अष्टमी र नवमीको दिनको तुलनामा दशमी अर्थात् दशैंको टीकाको दिन पानी पर्ने बढी सम्भावना रहेको भनिएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.