नेपाल भारत बिश्व मैत्री संघ मकवानपुर संयोजक निप्पु शर्राफ पदमुक्त

मकवानपुर । नेपाल भारत बिश्व मैत्री संघले मकवानपुर संयोजक निप्पु शर्राफलाई पदमुक्त गरेको छ । संघले मंगलबार एक पत्रमार्फत शर्राफलाई पदमुक्त गरिएको हो ।

संघको केन्द्रबाट दिईएका जिम्मेवारी अनुसार जिल्ला कार्य समितिलाई पूर्णता दिन असक्षम भएकोे र संस्थाको हित बिपरित कार्यहरु गरेकोले शर्राफलाई संघको बिधान अनुसार पदमुक्त गरिएको महासचिव किरण राज रेग्मीले हस्ताक्षरित पत्रमा उल्लेख छ । हेटौंडाको होटल अनमोल, होटल सुर्यंशका सञ्चालक निप्पु शर्राफ लायन्स क्लव अफ हेल्पडेस्का अध्यक्ष, होटल तथा पर्यटन ब्यवशायी संघ बागमती प्रदेश उपाध्यक्ष समेत हुन् ।

निप्पु शर्राफ २ बर्ष अघि २०८० भदौ १८ गते संघको मकवानपुर संयोजक चयन भएका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.