मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० टौखेलमा भएको सवारी दुर्घटनाबाट घाइते भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा नगरपालिका–१० टौखेलका ३२ वर्षीय अमिर गोपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार गत साउन १३ गते राति करिब ९:४५ बजे बिसंखेबाट टौखेलतर्फ आउँदै गरेको बा।प्र।६६ प २३५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तरकारी लोड गर्न सडक छेउमा रोकिएको ना ७ ख ४२७६ नम्बरको ट्रकमा ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा हिजो भदौ १४ गते साँझ ७ः३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्

















