मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६ जोगिताल पुछार टोलमा करेन्ट लागेर एक पुरुषको ज्यान गएको छ ।
मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका–१ घर भई हाल मनहरीमै बसोबास गर्दै आएका ३५ वर्षीय लालबहादुर मोक्तान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, बिहान करिब ९ बजे मोक्तानले आफ्नै खेतमा जंगली जनावरबाट बाली जोगाउनका लागि नाङ्गो तारमा हुक लगाई करेन्ट प्रवाह गरेका थिए । सोही तारमा छोइँदा उनलाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।
घटनापछि प्रहरी चौकी सुनाचुरीबाट खटिएको टोलीले आवश्यक अनुसन्धान गरिरहेको जनाईएको छ ।
प्रतिकृया दिनुहोस्














