हेटौँडा । मकवानपुरमा महिला उद्यमी संघ नेपाल (व्युइन) गठन गरिएको छ । बुधबार हेटौँडामा भएको भेलाबाट सरिद्दि श्रेष्ठको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
यस्तै, समितिको उपाध्यक्षमा सुचना पराजुली श्रेष्ठ, महासचिवमा रिता वाईबा, कोषाध्यक्षमा अस्मिता श्रेष्ठ चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा क्रमशः कमला श्रेष्ठ, गंगा चिमरीया, कमला श्रेष्ठ, शोभा थापा, अमृता गुरुङ, पार्वती थापा, गायत्री श्रेष्ठ, सन्जिता घलान र रसिला कार्की रहेका छन् ।
हेटौँडा–२, पल्पसा सभा गृहमा भएको भेला सरिद्धि श्रेष्ठको सभाध्यक्षता एवम् महिला उद्यमी संघ, नेपाल बागमतीका संयोजक अर्पणा प्रधान भण्डारीको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ (मउवा संघ) मकवानपुरका पूर्व अध्यक्ष एवम् व्यवसायी अरुणराज सुमार्गी, मउवा संघ मकवानपुरकी महासचिव प्रतिमा श्रेष्ठ, कार्यसमिति सदस्य अंकिता समार्गी, निलम पाण्डे, सीता तिमल्सिना, जिल्ला अदालत बार एसोसियशन मकवानपुरका सचिव अधिवक्ता रमिता चौलागाईँ लगायतको आतिथ्यता रहेको थियो ।

















