हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चार जना मन्त्रीलाई पदबाट बर्खास्त गरेका छन् । शुक्रबार साँझ उनले राजीनामा दिएको भनिएका चार जना मन्त्रीहरुलाई क्एकैसाथ पदबाट हटाएका हुन् ।
मुख्यमन्त्री लामाले संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेलाई पदबाट हटाएका हुन् । उनीहरुलाई नेपालको संविधान २०७२ को धारा १६९ को उपधारा २ (ख) बमोजिम हटाइएको गरिएको हो ।
बर्खास्त गरिएका सबै मन्त्रीहरू मुख्यमन्त्री लामाकै पार्टीका हुन् । केही दिनदेखि उनीहरूबीच असमझदारी चुलिँदै गएको चर्चा चलिरहेको थियो। मुख्यमन्त्री लामालाई सरकार सञ्चालनमा असहयोग गरेको आरोप लगाउँदै उनले यो निर्णय लिएका स्रोतले बतायो ।
यसअघि मन्त्रीहरूले राजीनामा दिएको समाचार सार्वजनिक भएपनि औपचारिक रूपमा उनीहरूलाई बर्खास्त गरिएको पुष्टि भएको हो । उक्त घटनाले बागमती प्रदेश सरकारभित्र गम्भीर राजनीतिक संकट उत्पन्न भएको देखिएको छ।
मुख्यमन्त्री लामाको यो निर्णयसँगै प्रदेशको सत्ता समीकरणमा नयाँ मोड आउने संकेत देखिएको छ।

















