मकवानपुरको थाहामा सडेको अवस्थामा एक पुरुषको शव भेटियो

file-photo

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा आज दिउँसो सडेको अवस्थमा एक पुरुषको शव भेटिएको छ । दिउँसो सवा १ बजेको समयमा थाहा नगरपालिका वडा नम्वर ४, जिरोथुमस्थित जगरघारी जंगलमा एक पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, स्थानीय बासिन्दाले जंगलमा शंकास्पद रुपमा शव देखेपछि प्रहरी चौकी सिमभञ्ज्याङलाई जानकारी गराएका थिए । सूचना पाएपछि तत्काल खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ।

शव पुरै सडिएको अवस्थामा जंगलमा उत्तानो अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । प्रहरी निरीक्षक अर्यालले घटनास्थलबाट करिब ५ देखि ७ मिटरको दूरीमा निलो ट्र्याक, कालो कट्टु, सेतो धर्के सर्ट र करिब २००–३०० मिटर टाढा एक जोर चप्पल पनि फेला परेको जानकारी दिए ।

उक्त शवको पहिचान खुल्न सकेको छैन । प्रहरीले शवको मुचुल्का तयार गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउनुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.