बामगती प्रदेशमा ५२ प्रतिशत धान रोपाइँ सकियो

हेटौँडा । बागमती प्रदेशमा ५२ प्रतिशत धान रोपाइँ सकिएको छ । बागमती प्रदेशको १३ जिल्लाका कूल एक लाख २० हजार ६१० हेक्टर जमिनमा धानखेती हुने अपेक्षा गरिएकोमा असार २२ सम्म ६२ हजार ४६० दशमलव ६८ हेक्टर क्षेत्रफलमा ५१ दशमलव ७८ प्रतिशत रोपाइँ सकिएको प्रदेश, कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गत रहेको कृषि विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक सुधिर श्रेष्ठका अनुसार, प्रदेशका अधिकांश धान रोपाइँ हुने स्थानमा यस वर्ष समयमै पानी पर्न सुरु गरेकाले विगतभन्दा राम्रो नतिजा आएको हो । यो गत वर्षको तुलनामा केही सुधार आएको हो । गत वर्ष सोही अवधिमा धान रोपाइँ हुने जमिनमध्ये जम्मा १९ दशमलव २४ प्रतिशतमा मात्र सम्पन्न भएको थियो ।

प्रदेशका १३ जिल्लामध्ये प्रतिशतका हिसाबले सबैभन्दा बढी काठमाडौँ र सबैभन्दा कम रोपाइँ धादिङ जिल्लामा भएको छ । निर्देशक श्रेष्ठले काठमाडौँमा ९५ प्रतिशत रोपाइँ सकिएको भन्दै धादिङमा २० प्रतिशतमात्रै रोपाइँ भएको जानकारी दिए ।

यस्ते, ललितपुरमा ९० प्रतिशत, भक्तपुरमा ९० प्रतिशत, मकवानपुरमा २८ दशमलव ६४ प्रतिशत, चितवनमा ४९ दशमलव २ प्रतिशत, नुवाकोटमा ६८ दशमलव ३१ प्रतिशत, सिन्धुपाल्चोकमा ५१ प्रतिशत, दोलखामा ७० प्रतिशत, सिन्धुलीमा ४७ दशमलव ०२ प्रतिशत रोपाइँ भएको छ । यसैगरी, रामेछापमा ३२, काभ्रेमा ५८ दशमलव १८ प्रतिशत र रसुवामा २१ दशमलव ३५ प्रतिशत धान रोपाइँ सकिएको निर्देशक श्रेष्ठले बताए ।

प्रदेशमा रहेको भौगोलिक विकटता र सिँचाइको अभाव रहेका जिल्लामा अझै पर्याप्त मात्रामा पानी नपरेकाले अपेक्षा गरेजति रोपाइँ हुन नसकेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.