आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा मनाइँदै

काठमाडौं । आज देशभर आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा परम्परागत श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। वैदिक परम्परा अनुसार आजको दिनलाई गुरु अर्थात् आफूलाई शिक्षा, ज्ञान, संस्कार र मार्गदर्शन दिने व्यक्तिप्रति सम्मान प्रकट गर्ने विशेष अवसरका रूपमा लिइन्छ।

गुरु पूर्णिमाको दिनलाई व्यास जयन्ती पनि भनिन्छ, जसलाई वेदव्यासको जन्मजयन्तिका रूपमा मनाइन्छ। ‘गुरु’ शब्दको व्युत्पत्तिमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश भन्ने बुझिन्छ। यस अर्थमा गुरु भनेको अज्ञानताको अन्धकार हटाई ज्ञानको प्रकाश दिने व्यक्ति भन्ने  बुझिन्छ ।

आजको दिन विद्यालय, गुम्बा, आश्रम, मठमन्दिरहरूमा विशेष कार्यक्रम आयोजना गरी गुरुहरूलाई सम्मान गर्ने, फूलमाला अर्पण गर्ने, मिष्ठान्न भोजन अर्पण गर्ने चलन छ। शिष्यहरूले आफ्ना गुरुजनप्रति श्रद्धा, कृतज्ञता र सम्मान प्रकट गर्दै आशिर्वाद लिने परम्परा रहिआएको छ।

धार्मिक तथा शैक्षिक संस्थाहरूमा आज विविध सांस्कृतिक तथा आध्यात्मिक कार्यक्रम आयोजना गरिंदैछ। साथै, सामाजिक सञ्जालमा पनि गुरुहरूप्रतिको कृतज्ञता प्रकट गर्ने पोस्टहरू व्यापक देखिन्छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.