हेटौँडा । बागमती प्रदेश सभाले आर्थिक वर्ष २०८२–०८३ को बजेटसँग सम्बन्धित विनियोजन विधेयक र पुरक प्रस्ताव पारित गरेको छ ।
विपक्षी दलहरूको दबाबपछि हिजो शनिबार बसेको प्रदेश सभा बैठकबाट छुटिएका योजना समेट्दै बजेटसँग सम्बन्धित विनियोजन विधेयक र पुरक प्रस्ताव पारित गरेको हो ।
उक्त बैठकमा अर्थमन्त्री कुन्दनराज काफ्लेले संसदमा टेबुल गरेको प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले निर्णायार्थ प्रस्तुत गरेका थिए ।
बैठकमा सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा योजना मन्त्री सरजचन्द्र लामिछानेले पुरक प्रस्ताव पेश गरेका थिए ।
प्रतिकृया दिनुहोस्

















