हेटौँडामा रुख ढलेर लाग्दा एक जना घाइते

हेटौँडा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धि सिद्धि सिमेन्ट फ्याक्ट्री नजिकै रुख ढलेर  लाग्दा एक जना घाइते भएका छन् ।

आज दिउँसो करिब १२:१५ बजेको समयमा बिरगञ्जबाट हेटौँडातर्फ आइरहेको बीआर ३२ एके १२४१ नम्बरको भारतीय मोटरसाइकलमा अचानक रुख ढलेर लाग्दा मोटरसाइकल चालक भारतको मधुबन–५ निवासी अन्दाजी २० वर्षीय कनैया कुमार घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर १२:४० बजे तिर रुख काटी सडक पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ।

घाइते कनैया कुमारलाई तत्काल उपचारका लागि हेटौँडा अस्पतालमा पठाइएको छ । उनको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.