स्थगित बागमती प्रदेशसभाको बैठक आज बस्दै

हेटौँडा । बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । विशेष कारण देखाउँदै सूचना टाँस गरेर स्थगित गरेको प्रदेश सभा बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको हो ।

गत असार १२ गते बिहान ११ बजेका लागि तोकिएको बैठक सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै आजको लागि बैठक सारिएको जानकारी गराएको थियो ।

आजको बैठकमा आर्थिक वर्ष २०८२–०८३ को बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिव रामकुमार पौडेलले जानकारी दिए । उनका अनुसार, बजेटमाथिको छलफल र आर्थिक मामिला तथा योजनामन्त्रीको जवाफपछि खर्च कटौतीको प्रस्तावका लागि समय प्रदान गरिने छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आगामी आव बजेट असमान रुपमा वितरण गरिएको भन्दै प्रदेश सभा सदस्यहरुले असन्तुष्टि जनाउँदै आइरहेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.