मकवानपुर प्रहरीद्वारा एक जना पक्राउ

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–४ जुरेली बजारस्थित एक पसलबाट लागूऔषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बकैया इन्टरप्राइजेज नामक पसलका संचालक ४० वर्षीय आमोद बस्नेत रहेको मकवानपुुर प्रहरीले जानकारी दिएको छ ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट गरगरेबाट खटिएको टोलीले हिजो बुधबार साँझ पसलको कुनामा बियरको कार्टुनभित्र लुकाइ राखिएको अवस्थामा प्लास्टिकले बेरेर राखिएका साना–साना २७ पुरिया खैरो पदार्थ र डिजिटल तराजु बरामद गरेको छ । ती पुरियामा १ ग्राम ७४० मिलिग्राम लागुऔषध खैरो हेरोइन पाइएको हो ।

पसल र शारीरिक खानतलासीबाट बरामद भएका लागूऔषध र डिजिटल तराजुसहित बस्नेतलाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट लागूऔषध मुद्दामा पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.