मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४१ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ ।
मंगलबार बसेको पालिकाको गाउँसभामा उपाध्यक्ष उमा कुमारी लामाले वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् ।
गाउँपालिकाले कृषिको आधुनिकीकरण, व्यवसायीकर र बजारीकीकर , पर्यटन पुर्वधार निर्मस्न तथा पर्यटन प्रबर्द्धनमा, प्राबिधिक तथा गुणस्तरीय शिक्षामा, स्वास्थ्य सेवा र रोजगारीलाई विशेष प्राथमिकमा राखेर बजेट ल्याईएको हो ।
यस्तै, कृषकका लागि विशेष व्यवस्था, थप सिँचाइ प्रणाली विस्तार, माटो परीक्षण, रासायनिक मलको प्रयोग घटाउने प्रयास, बीउबिजनको उत्पादन र विस्तार, पशुपालनमा पनि जोड दिइएको छ ।
प्रतिकृया दिनुहोस्

















