मधेस प्रदेशले ल्यायो ४६ अर्ब ५८ करोडको बजेट, विकास र सामाजिक सेवामा जोड

जनकपुर । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ का लागि कुल ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। प्रदेशसभामा अर्थमन्त्री सुनिल कुमार यादवले उक्त बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा चालु खर्चका लागि १६ अर्ब ७२ करोड ५ लाख र पुँजीगत खर्चका लागि ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको छ।

आर्थिक स्रोतका रुपमा आन्तरिक राजश्वबाट ९ अर्ब ५० करोड, वित्तीय समानीकरणबाट ७ अर्ब ७२ करोड, सशर्त अनुदानबाट ४ अर्ब २६ करोड र विशेष अनुदान तथा मपूरक अनुदानबाट पनि रकम सङ्कलन गरिनेछ।

मधेस प्रदेशले संघीय सरकारबाट प्राप्त राजश्व बाँडफाँडबाट १ अर्ब ३५ करोड, अघिल्लो वर्षको नगद मौज्दातबाट १० अर्ब ३८ करोड र आन्तरिक ऋणबाट २ अर्ब रुपैयाँ जुटाउने योजना बनाएको छ।

प्रदेश सरकारले यो बजेटमार्फत शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र सामाजिक सुरक्षामा विशेष जोड दिने बताएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.