हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकालअन्तर्गत जारी छैठौं अधिवेशनको आजको बैठक तय गरिएको समयभन्दा ढिलो गरि बस्ने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार, आइबार दिउँसो ३ बजेका लागि तय भएको बैठक अब साँझ ६ः३० बजे बस्ने गरी सरेको हो ।
प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख भुवन कुमार पाठकले बैठकको समय परिमार्जन गरेका हुन् । बैठकको समय परिवर्तन गरिएको सूचना प्रदेश सभा सचिव रामकुमार पौडेलको हस्ताक्षरसहित सार्वजनिक गरिएको छ।
प्रदेश सरकार आजको बैठकमा आर्थिक वर्ष २०८२–०८३ का लागि बजेट प्रस्तुत गरिसकेपछि त्यसमाथिको छलफल अगाडि बढाउने तयारीमा छ। बजेटमाथि सांसदहरूको धारणा सुन्ने कार्यसूची तय भएको बैठक विभिन्न तयारी तथा समन्वयका कारण केही ढिलो गरि सुरु हुने जनाइएको हो ।
प्रतिकृया दिनुहोस्















