हेटौंडा । हेटौंडामा ट्याक्टरले च्यापिएर चालकको ज्यान गएको छ । मृत्यु हुनेमा पर्साको जगरनाथपुर-४ हरपुरका १९ वर्षीय सद्दाम हुसेन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । शनिबार बिहान ०९:३० बजेको समयमा हेटौंडा-१९ ज्यामिरे हेल्थपोष्ट नजिक भित्रि सडकखण्डमा ज्यामिरे खोलाबाट हेल्थपोष्टतर्फ जाँदै गरेको बा.प्र.२-०३-००१ त ४३७१ नं.को बालुवा लोड बोकेको ट्याक्टर आफैं अनियन्त्रित भई अगाडीको ईन्जिनको भाग उठी अचानक दुर्घटना हुँदा च्यापिएर उनको ज्यान गएको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस्

















