मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको सयुक्त प्यानल विजयी

मकवानपुर । स्वतन्त्र विधार्थी युनियन (स्ववियु)  निर्वाचन अन्तर्गत मकवानपुरको सबैभन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रसिद्ध रेग्मी विजयी भएका छन्। नेविसंघ र अनेरास्ववियुको प्यानलबाट रेग्मी ७०६ मत सहित विजयी भए । उनका प्रतिस्पर्धी अनेरास्ववियु (क्रान्तिकारी)का छोइसाङ लामा ५०७ मत ल्याएर पराजित भए ।

लामा यस अघिका सभापति समेत हुन् । सचिवमा नेविसंघका उत्सव ढुंगाना ७११ मतसहित विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका दिपेश कार्कीले ५४४ मत प्राप्त गरे । कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइटेल ७०४ मत सहित विजयी हुँदा उनका प्रतिस्पर्धी राप्रविसका अमन रायले ५४४ मत ल्याए। सदस्यतर्फ पनि गठबन्धनकै मनोज घलान, उमेश चौधरी, दिवश चापागाई, साजिर अन्सारी, कृषन थिङ, मन्दिप थापा, विवश अर्याल तथा अतीत अधिकारी विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.