सामान्य परिवारका छोईसाङ, मकवानपुर क्याम्पसको सभापति उम्मेदवार

मकवानपुर । मकवानपुर जिल्लाको सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदको उम्मेदवार बनेका छोईसाङ लामा स्याङतानले क्याम्पसको विकासका थप कार्यहरु पूरा गर्नको लागि आफु पुनः सभापति पदको उम्मेदवार बनेको बताएका छन् ।

अखिल (क्रान्तिकारी) को तर्फबाट उम्मेदवार भएका छोइसाङ सरल र सहजरुपमा बिद्यार्थीमाझ उपलब्ध हुन्छन् । गत निर्वाचनमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा बिजयी भएर क्याम्पसको विकास र विद्यार्थी हकहितका लागि सक्रिय छोइसाङ क्याम्पसका बिद्यार्थीमाझ लोकप्रिय युवा हुन् ।

जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर ६, पारिबजारमा जन्मेका छोइसाङ एमबिस तेस्रो सेमेस्टरमा अध्ययनरत छन् । सामान्य परिवारमा जन्मेका छोइसाङ क्याम्पसको विकासमा क्याम्पस प्रशासन र ब्यवस्थापनसंग समन्वय गर्नका साथै बिद्यार्थीका समस्या समाधानका लागि क्याम्पस परिसरमै भेटिन्छन् ।

सरल जीवनशैलीमा गाउँले जीवनमा हुर्केका छोइसाङ अध्ययनसंगै समग्र शैक्षिक संस्था र विद्यार्थी हकहितको लागि अग्रसर छन् । क्याम्पसको भौतिक र शैक्षिक गुणस्तर विकासमा सरकार र सम्बन्धित निकायसंग सार्थक समन्वय गर्न छोइसाङ अब्बल रहेका छन् ।

आफ्नो अघिल्लो कार्यकालमा विद्यार्थीलाई अध्ययनसँगै सीपमुलक तालिमको ब्यवस्था गरेर स्वरोजगार तर्फ अगाडि बढाएको स्मरण गर्दै छोइसाङले क्याम्पसको स्तरबृध्दी गरि छात्रवृत्ति र पुस्तकालयलाई ब्यवस्थित गर्ने योजना रहेको बताए ।

त्यस्तै क्याम्पसमा आधुनिक प्रविधिमैत्री सूचना तथा संचार प्रवाहमा जोड दिने र क्याम्पसमा प्राथमिक उपचारको ब्यवस्थापन गर्नुका साथै छात्राहरुकोलागि गुणस्तरीय सेनेटरी प्याडको पर्याप्त ब्यवस्था गर्ने योजना रहेको बताए । अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला सचिब छोइसाङ समग्र जिल्लाको विद्यार्थी हकहितको लागि सक्रिय रहेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.