विकास निर्माणमा निर्माण व्यवसायीको भुमिका महत्वुपर्ण छः गृहमन्त्री लेखक

हेटौँडा गृहमन्त्री रमेश लेखकले विकास निर्माणमा निर्माण व्यवसायीको भुमिका महत्वपुर्ण रहेको बताएका छन् । मंगलवारदेखि हेटौंडामा सुरु भएको दोश्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ को उद्धाटन गर्दै गृहमन्त्री लेखकले मुलुकका सानादेखि ठुला आयोजनाहरु निर्माण व्यवसायीहरुले गर्ने हुँदा विकासका लागि निर्माण व्यवसायी महत्वपुर्ण रहेको बताए ।

रोजगारीको क्षेत्रमा सबैभन्दा बढि रोजगारी दिने निजि क्षेत्र निर्माण व्यवसायी रहेको र निर्माण व्यवसायीहरुले महोत्सवहरु आयोजना गर्दा अन्तक्र्रिया र निर्माण आईडिया आदानप्रदान हुन गई निर्माण गर्ने कार्यमा सघाउ पुग्ने उनले बताए । गृहमन्त्री लेखकले निर्माण व्यवसायीको बाँकी रहेको बक्यौताको छिट्टै भुक्तानी गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

गृहमन्त्री लेखकले नेपाल सरकारले ठुलो लगानी गरेको आयोजनाहरुमा निर्माण व्यवसायीहरुले समयमा गुणस्तरीय कार्य नगर्दा सरकारको लगानी खेर जाने भन्दै निर्माण गुणस्तर छन् की छैनन् र निर्माण समयाबधि भित्र सम्पन्न गर्ने कुरामा विशेष गरि निर्माण व्यवसायिले ध्यान दिन जरुरी रहेको बताए ।

यसैगरी , प्रतिनिधि सभा सदस्य दिपक बहादुर सिंहले देश निर्माण गर्नका लागि निर्माण व्यवसायीहरुको महत्वपुर्ण भुमिका रहेको बताए । वर्षौदेखि अर्बौ अर्ब रुपैयाँ निर्माण सम्पन्न गरेपनि सरकारबाट भुक्तानी पाउन नसकेको भन्दै गृहमन्त्री लेखकलाई निर्माण व्यवसायीले सम्पन्न गरेको कामको भुक्तानी गर्न आग्रह गरे ।

निर्माण व्यवसायी संघ मकवानपुरका जिल्ला अध्यक्ष बालगोपाल कंडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य गोमादेवी तिमल्सिना, बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने, बागमती प्रदेश सभा सदस्य ईन्द्र बहादुर बाँनिया, एकलाल श्रेष्ठ, प्रेम बहादुर पुलामी , लक्ष्मी श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

फागुन १८ गतेसम्म चल्ने महोत्सवमा निर्माण उपकरण, निर्माण सामग्री, औद्योगिक उत्पादन, स्थानीय उत्पादन, हस्तकला सामग्री लगायतका ३ सय ५० वटा स्टलहरु रहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.