हेटौंडा । निर्माण व्यवसायी संघ मकवानपुरद्वारा आयोजित ‘दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव–२०८१’ को औपचारिक उद्घाटन गृह मन्त्री रमेश लेखकले गर्ने भएका छन् । ६ फागुनदेखि हेटौंडाको टिसिएन चौरमा हुने महोत्सवको उद्घाटन गृह मन्त्री लेखकले गर्ने भएका हुन् ।
महोत्सवमा उद्घाटनको दिन आगन्तुकको लागी प्रवेश निःशुल्क रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सवको ३ सय ५० वटा सबै स्टल बुकिङ भइसकेको छ । यस्तै, महोत्सव स्थलमा भौतिक संरचना व्यवस्थापन तिव्र रहेको बताइएको छ ।
महोत्सवमा निर्माण उपकरण तथा सामग्रीहरुको प्रदर्शनी एवम् बिक्री, बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनको प्रदर्शनी एवम् बिक्री, सूचना प्रविधि प्रदर्शनी तथा मनोरञ्जनात्मक बाल उद्यान, कृषि उत्पादनको प्रदर्शनी तथा कृषि प्रतियोगिता, दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, शैक्षिक, घरजग्गा, अटो तथा खाना महोत्वस, नविनतम उपकरणहरुको प्रदर्शनी तथा नयाँ, नौलो प्रबिधिको प्रदर्शनी र गायन प्रतियोगिता हेटौंडा आइडल लगायतको आकर्षणहरु रहेको बताइएको छ ।


















