दोश्रो राष्ट्रिय नवसर्जक उत्सव २०८१ फागुन ९ र १० गते हुने

हेटौँडा देशभरका युवायुवती, किशोरकिशोरी एवम् हेटौंडा उपमहानगरपालिका भित्रका विद्यालय तहका बालबालिकाको सहभागितामा दोश्रो राष्ट्रिय नवसर्जक उत्सव २०८१ हेटौंडामा हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै नवसर्जक साहित्य चौतारी नेपाल, मकवानपुरको आयोजनामा फागुन ९ र १० गते उत्सव हुन लागेको जानकारी गराइएको हो ।

साहित्य उत्सव मार्फत् प्रदेशको विगतदेखिको पहिचानलाई थप नयाँ उचाइमा पु¥र्याउने, नवसर्जकहरु उत्पादन गर्ने तथा पठन तथा लेखन सँस्कृतिको विकास गर्ने प्रमुख उद्देश्यका साथ उत्सवको आयोजना गर्न लागिएको संस्थाका संरक्षक दीपक गौतमले बताए ।
कार्यक्रममा २५ वर्ष मुनिका नवसर्जक विद्यार्थी, शिक्षक र साहित्यकार गरी ४ सय जनाको उपस्थिति रहने अनुमान गरिएको छ । उत्सवको पहिलो दिन फाल्गुन ९ गते मुक्तक, गजल, लोक लयका कविता, चित्रकला लेखन लगायत विभिन्न ८ विधामा सिर्जनात्मक लेखन कार्यशाला हुनेछन् ।

त्यसैगरी दोश्रो दिन १० गते बहस, स्रष्टा सम्मान, राष्ट्रव्यापी गजल प्रतियोेगिता तथा रचना वाचन कार्यक्रम हुने संरक्षक गौतमले बताउनुभयो । त्यस्तै उत्सवमा राष्ट्रव्यापी नवसर्जक गजल प्रतियोगितामा उत्कृष्ट ३ जनालाई नगद ७ हजार राशीको पुरस्कार, ७ प्रदेशका ७ नवसर्जक प्रतिभालाई ७ हजार ७ सय ७७ रुपैँया राशीको सम्मान र एकजना अग्रज बालसाहित्य सर्जक वा अभियन्तलाई १५ हजार ५ सय ५५ नगद राशीको सम्मान दिइने भएको छ ।

हेटौंडा उपमहानगरपालिका ४ नं. वडा कार्यालय तथा भुटनदेवी माध्यमिक विद्यालयको मुख्य आर्थिक व्यवस्थापन एवम् निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन, प्याब्सन मकवानपुर लगायतको संस्थाको सहकार्यमा उत्सव हुन लागेको हो ।

पत्रकार सम्मेलनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का वडाअध्यक्ष नवीन सिग्देल, संस्थाका केन्द्रीय सल्लाहकार तथा पुरस्कार संस्थापक रमेश मोहन अधिकारी, विष्णु न्यौपाने , अर्चना दहाल, संस्थाकी उपाध्यक्ष कृतिका लडौरी लगायतको उपस्थिति रहेको थियो । यस संस्थाले यसअघि २०७७ जेठ २८ मा प्रथम पटक पहिलो राष्ट्रिय बाल उत्सवको आयोजना गरको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.