हेटौंडा जेसीजको महासचिवमा संजय कुमार न्यौपाने मनोनित

हेटौंडा । हेटौंडा जेसीजको महासचिव पदमा संजय कुमार न्यौपाने मनोनित भएका छन् । उनी बुधबार हेटौंडामा सम्पन्न हेटौंडा जेसीजको पदस्थापन कार्यक्रमबाट वर्ष २०२५ का लागी मनोनित भएका हुन् ।

यसअघि हेटौंडा जेसीज वर्ष २०२४ को शाखा सम्पादक रहेका उनलाई हेटौंडा जेसीजका नव निर्वाचित अध्यक्ष पंकजदास बानियाँले महासचिवमा मनोनित गरेका हुन् । यस्तै, गत पुस १३ गते हेटौंडा जेसीजको अधिवेशन सम्पन्न भएको थियो ।

उनले आफुलाई उक्त पदको जिम्मेवारी दिनको लागी भुमिका खेल्ने सबैमा धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा जेसीजको मूल्य र मान्यतालाई आत्मसात गर्दै संस्थाको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले संस्थाको उद्देश्य अनुरुप सवैक्षेत्रका युवालाई समेटेर युवाको नेतृत्व तथा व्यक्तित्व विकासमा विशेष जोड दिइने बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.