हेटौंडामा एक दिने समुदाय स्तरिय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम सम्पन्न

हेटौंडा । टोल विकास संस्था नगर समन्वय समिती, हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको ८ वटा वडाहरुमा समुदाय स्तरिय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम आयोजना गरेको छ । हेटौंडा उपमहानगरपालिका न्यायीक समितीको सहयोग एवं समन्वयमा विभिन्न वडाहरुमा एक दिने अनुशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रम अन्तर्गत बिहिवार हेटौंडा–८ नं. वडामा गठित टोल विकास संस्था एवम् अन्य संघ संस्थाका पदाधिकारी एवं सदस्यहरूको लागि अनुशिक्षण कार्यक्रमको आयोजना गरेको हो । नगर समन्वय समितीका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको सभाध्यक्षता एवं हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका न्यायिक समिति सदस्य एवं नगर समन्वय समिती सल्लाहकार ज्ञान बहादुर थापा, टोल विकास संस्था नगर समन्वय समितिका, उपाध्यक्ष शान्ति श्रेष्ठ, महासचिव शिबहरि दाहाल, उपमहासचिव देबकुमार श्रेष्ठ, सचिबहरु चन्द्रावती पनेरु र पुन्यबती घिमिरे, सदस्यहरु सुमित्रा पान्डे, कमला पौडेल र उर्मिला राना, मेलमिलाप केन्द्रका संयोजक यदुवंश खतिवडा, ८ नं वडा समन्वय समितीका अध्यक्ष बिष्णु अर्याल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिकाका कानुनी अधिकृत अधिवक्ता सुजन तिमल्सिना, अप्सरा बस्नेत तथा अन्जिता थापाले सहजीकरण गरेका थिए । कार्यक्रममा हेटौंडा ८ नं वडाका ६५ जनाको सहभागीता रहेको थियो । कार्यक्रम नगर भरीका सबै वडाहरूमा संचालन गरीने नगर समन्वय समितीका महासचिव शिबहरि दाहालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.