मनहरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाईते

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-८ भिआइपी चोक स्थित पुर्व पश्चिम सडक खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार दुई जना घाईते भएका छन् । बुधबार ०३:३० बजेको समयमा चितवनबाट हेटौडा तर्फ आउँदै गरेको ना ५ ख ५३४४ नम्बरको बसले साही दिशा तर्फ जाँदै गरेको ९२ प ३०५७ नमबरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

घाईते हुनेमा मनहरी–७ पेन्चेका २७ वर्षीय मोटरसाइकल चालक अमर थिङ र मोटरसाइकलमा सवार २१ वर्षीय नबिन तितुङ रहेका छन् । टाउको र शरिरको बिभिन्न भागमा चोट लागेर घाईते भएका उनिहरुलाई उपचारको लागी मनहरी अस्पताल ल्याइएको र अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार बस, बस चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.