हेटौँडा १२ को मतदान केन्द्रमा पुग्यो मतपत्र र मतपेटिका

हेटौँडा । स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडाध्यक्ष पदको लागि आइतबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूराभएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडाध्यक्ष पदको लागि हुने निर्वाचन दुई वटै मतदानस्थलमा रहेको मतदान केन्द्रहरुको शनिबार निर्माणसँगै निर्वाचनका सम्पूर्ण तयारी पूराभएको हो।

प्रदेश निर्वाचन कार्यालय, हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले निर्वाचनका लागि मतपत्रसँगै मतपेटिका र निर्वाचन सामग्रीसहित मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको बताए । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ, उहाँले भन्नुभयो, वडाको नौ वटै मतदान केन्द्रमा मतपत्र र मतपेटिका पु¥याई सकिएको छ।

मतदान केन्द्र पुगको कर्मचारी र सुरक्षाकर्मी मतदान कार्य सम्पन्न गरेर मात्र फर्कनेभएका छन्। वडा नम्बर १२ मा वडाध्यक्ष पदको लागि हुने निर्वाचनका लागि प्रतिभा माध्यामिक विद्यालय सिक्रेनीमा पाँच मतदान केन्द्र र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा चार मतदान केन्द्र गरी नौ वटा रहेका छन्।

निर्वाचनका लागि मतदान स्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायतका कर्मचारी खटिएका छन्। निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न स्थानीय प्रशासनले वडामा सुरक्षा व्यवस्थामा कडाई गरेको जनाएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न पर्याप्त सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

प्रति निर्वाचन केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायतका पाँच–पाँच जना कर्मचारी रहने भएका छन्। साथै प्रति मतदान केन्द्र एक–एक जना महिला स्वयंसेवकको व्यवस्था गरिएको छ। वडा नम्बर १२ मा कूल मतदाता आठ हजार ५३ रहेका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.