हेटौंडा । हेटौंडा-६, चौघडाबजार स्थित कान्तिलोकपथ सडक खण्डमा बिहानै अटोको ठक्करबाट पैदल यात्री गम्भीर घाइते भएका छन् । हेटौडा बजारबाट चुच्चेखोला तर्फ जाँदै गरेको ना २ ह २६९२ नं.को अटोको ठक्करबाट पदैल यात्री स्थानीय शान्तिटोलका ६८ वर्षीय जनक राई घाइते भएका हुन्।
टाउको र शरिरको बिभिन्न भागमा चोट लागी घाइते भएका राइको उपचारको लागी हेटौडा अस्पताल ल्याइएको जिल्ला प्रहरी मकवानपुरले जानकारी दिएको छ। यस्तै, घाइते राइको थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन रिफर गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अटो र अटो चालक बारुतेका ३१ वर्षीय शंकर सार्कीलाई प्रहरी नियन्त्रणमा लिइएको छ ।
प्रतिकृया दिनुहोस्

















