हेटौंडा । हेटौंडा–४, नेपालचोक स्थित एउटा घरको दुई तला माथीबाट खसेर घाइते भएका एकजनाको मृत्यु भएको छ। बिहिवार ३ बजेको समयमा स्थानीय युवराज बिडारीको घरमा दुई तला माथी जस्ता लगाउने (काम गर्ने) क्रममा हेटौंडा–१३, पदमपोखरीका ४१ वर्षीय सविन दुलाल एक्कासी दुई तला माथीबाट खसेर घाइते भएका थिए ।
टाउको लगायत शरिरको बिभिन्न भागमा चोट लागेर गम्भीर घाईते भएका दुलालको उपचारको लागि हेटौंडा अस्पतालमा ल्याईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए। प्रहरीका अनुसार घाईते दुलालको थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो ।
घाईते दुलालको उपचारको क्रममा बेलुकी ०७ः०३ बजे चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको र शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्

















