कैलाशमा साँस्कृतिक तथा कृषि मेला हुने

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा ‘बृहत साँस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनी मेला २०८१’ हुने भएको छ। कैलाशको कला, संस्कृति, कृषि र पर्यटन प्रवर्द्धनका लागि कालिका मेलाको अवसरमा वृहत सांस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनी मेला आयोजना हुने भएको हो।

कालिका मेला व्यवस्थापन समितिद्वारा आयोजित मेलामा कैलाश गाउँपालिकाको आर्थिक सहयोग रहने बताइएको छ। कैलाश ३ को कालिकाटारमा हुने २ दिने मेलाको ३० मंसिरमा उद्घाटन गरिने जनाएको छ। त्यस्तै, पुष १ गते मेलाको समापन हुने बताइएको छ।

मेलामा विशेष आकर्षणको रुपमा ऐतिहासिक मारुती नाच प्रद्धर्शन हुने आयोजकले जनाएको छ। मेलामा दर्जन बढी स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकको भनाई छ।

जसमा, चर्चित गायक उर्गेन दोङ, मकवानपुरे चर्चित गायक प्रकाश तामाङ, प्रतिमा अर्याल, रविन कुमार प्रजा, बालिका तामाङ, अविराम मोक्तान, डि.जे. च्याङ्बा, सुन्दर लामा, सजन चेपाङ, राजन लामा र माझी लगायतको प्रस्तुति रहने बताइएको छ। यस्तै, मकवानपुरको चर्चित ब्याण्ड ‘सिक्स स्ट्रीङ ब्याण्ड’ र श्रृजना कला केन्द्रको प्रस्तुति पनि रहने जनाएको छ।

आयोजकका अनुसार कैलाश गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तानको प्रमुख आतिथ्यता रहने उक्त मेलाको उद्घाटन कार्यक्रममा बालकुमार मल्लको विशिष्ट आतिथ्यता रहने छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.