मकवानपुरका अधिवक्तालाई वाणिज्य कानून बिषयक आधारभुत तालिम

हेटौंडा । उच्च अदालत बार र जिल्ला बार एशोसियसन हेटौंडा र मकवानपुर जिललाका अधिवक्तालाई हेटौंडामा वाणिज्य कानून विषयक तालिम शुरु गरिएको छ । शनिबार देखि नेपाल कानून ब्यवसायी परिषद लयर्स एकेडेमी समिति, कुपण्डोल ललितपुरको आयोजना तथा उच्च अदालत बार एशोसियसन, हेटौंडा र जिल्ला अदालत बार एशोसियसन मकवानपुरको सहआयोजनामा तालिमको शुरु गरिएको हो ।

४२ घन्टा सञ्चालन गरिने उक्त तालिममा मकवानपुर जिल्लाका ४० जना अधिवक्ताको सहभागीता रहेको बताइएको छ । अधिवक्ताहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको नेपाल कानून ब्यवसायी परिषद लयर्स एकेडेमी समितिका उपाध्यक्ष वरिष्ठ अधिवक्ता डाक्टर चन्द्रकान्त ज्ञवालीले बताए ।

नेपाल बार एशोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायाधीश मिना गौतम सेढाई , न्यायाधीश सानुमैया डङ्गोल, जिल्ला अदालत मकवानपुरका न्यायाधीश गीता श्रेष्ठ, नेपाल बार काउन्सिलका पार्षद वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्ले, जिल्ला बारका अध्यक्ष अधिवक्ता अप्सरा तिमल्सिना लगायतको उपस्थिति थियो । तालिमको उद्घाटन समारोह उपाध्यक्ष ज्ञवालीको सभाध्यक्षतामा सम्पन्न भयो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.