हेटौंडा–१२ का उम्मेदवार मतदाता घरदैलोमा व्यस्त

हेटौंडा । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि यति बेला हेटौंडा १२ मा राजनीतिक दलले चुनावी अभियान तिब्र पारेका छन् । भोट हाल्ने दिन नजिकै जाँदा उम्मेदवारहरु चुनावी अभियानलाई तिब्र बनाउँदै घरदैलोमा पुगी मतदाता फकाउन व्यस्त रहेका हुन् ।

 

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राजस्व, राप्रपा, जसपा लगायतका दलहरू सहित १२ जनाले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार अर्जुनप्रसाद तिवारी बिहानैदेखि घरदैलोमा व्यस्त रहेका छन् । झिनो मतले २०७९ को निर्वाचनमा पराजित भएका तिवारी यस पटकको उपनिर्वाचनमा जनताको अमूल्य मत प्राप्त गर्न घर घर पुगेर विगतमा थोरै मतले पराजित भए पनि विकासमा निरन्तर जोडिएकोले आफुलाई मत दिन आग्रह गरिरहेका छन् । मतदाताले आफुलाई साथ दिने क्रम बढिरहेका जित्ने दावी उनको छ ।

त्यसैगरी नेकपा एमालेबाट वडाध्यक्षको उम्मेदवारी दिए राजेश नगरकोटी पनि घर दैलोमै व्यस्त रहेका छन् । नगरकोटी एमाले जिल्ला र स्थानीय नेता कार्यकर्तासहित घरदैलोमा छन् । उनी पनि यसपालि विगतको तेस्रो स्थानमा रहेको अवस्थाबाट मतदाताको मन जित्दै बाजि मार्ने तयारीमा छन् ।

नेकपा माओवादीका केन्द्र हेटौंडा उपमहानगरपालिमा यहि एउटा मात्र वडामा झण्डा गाड्न सफल भएकोले वडामा जित्नै पर्ने दवावसहित घर दैलोमा व्यस्त छ । माओवादी केन्द्रका उम्मेदवार रविन प्रधान मतदाताको मन जित्न घर घर पुगेका छन् । आफुलाई मत दिएर विजयी गराउन आग्रह गर्दै आफुले जिते विकासमा जनतालाई साथ दिने प्रतिवद्धता जनाइरहेका छन् । राप्रपाका उम्मेदवार प्रेम भोलन, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशावीर बलसहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार आफ्नो पक्षमा माहोल बनाउन व्यस्त छन् ।

चुनावी अभियानलाई व्यवस्थित ढंगले अघि बढाउन दलहरूले छलफल गरि फरक फरक टोल मिलाएर अभियान संचालन गरिरहेका छन् । उम्मेदवारहरू मूल सडकमा मात्रै नभई खेतिपातिमा व्यस्त मतदाताको खेतबारीमै पुगिरहेका छन् । हेटौंडा(१२ मा केही पुराना र केही नयाँ उम्मेदवार मैदानमा छन् ।

२०७९ को स्थानीय तह सदस्य निर्वाचनमा ६४६५ मतदाता रहेको यस वडामा मंसिर १६ गते हुने उप निर्वाचनका लागि ८०५३ मतदाता कायम गरिएको छ। कायम गरिएको संख्यामा ३८७८ पुरुष र ४१७४ महिला रहेका छन् । जिल्ला निर्वाचन कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्यांक अनुसार ३१ महिनाको अन्तरालमा हेटौंडा १२ मा १ हजार ५८८ मतदान थप भएका छन् । साभारः प्रष्ट खबर

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.