आज ०७ मंसिर २०८१ शुक्रवार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा सतर्क भएर काम गर्नुहोला। आर्थिक कारोबार गर्दा सोचविचार गरेर निर्णय लिनुहोस्। कार्यस्थलमा विरोधी सक्रिय रहनेछन्। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। पारिवारिक भ्रमणका योगहरू रहेका छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा एउटा कार्य सकाएपछि मात्र अर्को कार्य प्रारम्भ गर्नुहोला। समयको विशेष ध्यान दिनुपर्ने हुन्छ। सन्तानको पठनपाठनलाई लिएर मन चिन्तित रहनेछ। अविवाहितहरूको विवाहका कुराकानी चल्नेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ९ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन अशान्त रहनेछ। थकानका कारणले जाँगरमा कमी आउनेछ। कार्य क्षेत्रमा रिस उठिहाले पनि त्यो रिसलाई बाहिर प्रकट नगर्नुहोला। बोलीले गर्दाखेरि व्यावहारिक पक्ष बिग्रन सक्छ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा महत्त्वपूर्ण कार्यहरू समयभन्दा अगाडि नै पूरा गर्ने प्रयास गर्नुहोस्। आवश्यक भौतिक साधन भने सजिलै जुट्नेछ। श्रमको सोचे अनुरुप प्रतिफल मिल्नेछ। व्यापार व्यवसायमा थोरै लगानीबाट पनि लाभ प्राप्त होला। आजको शुभ रंग बैजनि हो भने शुभ अंक ९ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मन खुसी हुने कुरामा चासो बढ्नेछ। धन खर्चको योग रहेको छ। मित्रहरूबाट धोखा मिल्न सक्छ। साझेदारी व्यापारमा पारदर्शिता राख्नुहोस्। विद्यार्थीहरूको अध्ययनमा भन्दा खेलकुदमा समय बित्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) यात्रा वा वाहनमा धन खर्चका योग छन्। विवादित विषयबाट टाढा रहनुहोस्। भाइबहिनीहरूसँग व्यवहार सुमधुर बनाएर राख्नुहोस्। कार्यक्षेत्रमा अतिरिक्त कार्य गर्नाले दिन थकित रहनेछ। खानपान वा स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अग्रिममा गरेका कार्यबाट शुभ सूचना मिल्नाले तपाईं ऊर्जावान र प्रसन्न रहनुहुनेछ। व्यापार व्यवसायमा लाभका योग छन्। नकरात्मक सोचबाट बच्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक जमघटका योग छन्। आर्थिक पक्ष सबल बनाउन अतिरिक्त काम गर्नुपर्ने हुनसक्छ। प्रेम सम्बन्धमा मनमुटावका योग छन्। तपाईंको कार्यकुशलताको समाजमा चर्चा हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा मान सम्मान मिल्नेछ। कलात्मक क्षेत्रमा रुचि बढ्नेछ। योग्यता अनुरूप सम्मानको लागि नाम चयन हुन सक्छ। शेयर मार्केटबाट लाभका योग छन्। मित्रता र प्रेमको बन्धन कसिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। शुभ समाचारले मन आनन्दित रहनेछ। कार्यक्षेत्रमा उच्च अधिकारीहरूबाट प्रशंसा पाइनेछ। आर्थिक कारोबारमा नयाँ कार्य प्रारम्भ गर्ने योग छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। नयाँ नोकरीको लागि समय अनुकूल रहनेछ। कानूनी पक्षबाट शुभ सूचना मिल्नेछ। वकालत क्षेत्रमा पदोन्नतिका योग छन् । आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यापार व्यवसायमा पिताको सल्लाहले काम गर्दा सफलता मिल्नेछ। कार्यक्षेत्रमा विस्तारको लागि लोन चाहिएको थियो भने शुभ सुचना मिल्नेछ। प्रेमीहरूले प्रेमलाई विवाहमा टुङ्ग्याउनको लागि परिवारसँग कुरा राख्न सक्नुहुनेछ। सामाजिक क्षेत्रमा हजुरको प्रतिष्ठा वा महत्त्व बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

साभारः हाम्रो पात्रो

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.