साविक विजेता गढी जेसीजलाई हराउँदै तपोवन जेसीज कपको फाइनलमा

हेटौंडा । साविक विजेता मकवानपुरगढी जेसीजलाई हराउँदै हेटौंडा १९ को तपोवन एफसी चौथो संस्करणको चैनपुर जेसीज मनहरी कप खुला फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा तपोवनले मकवानपुरगढी जेसीजसँग २-० को जित निकालेको हो ।

तपोवनले खेलको ९ मिनेटमै अग्रता लिएको थियो । माइकल गर्बुजाले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत भएको थियो ।

दोस्रो हाफको २३ औं मिनेटमा युवराज तामाङको गोलमार्फत तपोवनले अग्रता दोब्बर बनायो । मकवानपुरगढी जेसीजले गोल गर्ने राम्रा मौकालाई सदुपयोग गर्न नसक्दा सेमिफाइनलबाटै बाहिरिएको छ ।

योसँगै उपाधिमा ह्याट्रीक गर्ने लक्ष्य पूरा हुन सकेन । जेसीजले दोस्रो र तेस्रो संस्करणको चैनपुर जेसीज मनहरी कप फुटबलको उपाधी जितेको थियो । तपोवन एफसीले अब उपाधिका लागि हाँडीखोला यूथ क्लव सँग खेल्नेछ ।

हाँडीखोलाले खरंगा एफसीलाई हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ । प्रतियोगिताको फाइनल खेल सोमबार दिउँसो १-३० बजेबाट सुरु हुने प्रतियोगिता संयोजक नवराज रिजालले जानकारी दिए ।

प्रतियोगितामा चितवनको एक र मकवानपुरका ११ गरी १२ क्लवको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख एक हजार १११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा अन्य विधागत उत्कृष्टले जनही ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।मकवानपुरको पश्चिमी क्षेत्रमा कृयाशिल युवाहरुको संस्था चैनपुर जेसीजले स्थापनाकालदेखी नै जेसीज कप खुला फुटबलको आयोजना गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.