आज ०८ मंसिर २०८१ शनिवार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा राम्रो मानसम्मान पाइनेछ। पहिला बिग्रेका कार्यहरूलाई सुधार गर्न अनुकूल समय रहेको छ। कार्यक्षेत्र होस् वा व्यापार व्यवसाय सबैतिरबाट लाभान्वित हुनुहुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सोधेको कुराको मात्रै प्रतिक्रिया दिनु उचित हुनेछ। तटस्थ भएर कार्यक्षेत्रमा काम गर्नुहोला। व्यापार व्यवसायमा नयाँ निर्णय लिनदेखि बच्नुहोस्। आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यर्थको काममा ऊर्जा वा पैसा खर्च नगर्नुहोस्। ऋण दिनबाट बच्नुहोस्। यात्रा सामान्य रहको छ। कार्यक्षेत्रमा भाग-दौड रहनेछ। आफ्नो स्वास्थ्यको ध्यान राख्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अङ्क ५ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) संगीत वा कला क्षेत्रबाट हुनुहुन्छ भने प्रशंसा हुनेछ। विलासी वस्तुको लागि धन खर्च हुने योग छ। कार्यक्षेत्रमा कार्यको जिम्मेवारी बढ्नेछ। पितासँग मनमुटावका योग छन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा काम बिग्रेको भए मन चिन्ताग्रस्त रहनेछ। सोचेका काम पूरा हुनेछन्। समाजमा प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुनेछ। नयाँ कार्यको शुरूवात नगर्नु होला धैर्य राख्नुह‍ोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा नयाँ अवसरहरू हात लागि पर्नेछन्। आर्थिक कारोबारमा परिस्थितिलाई बुझेर निर्णय लिनुहोस्। व्यापार व्यवसायमा धोखा मिल्ने योग छ। वाहन चलाउँदा सावधान रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जीवनशैलीमा ठूलो परिवर्तन गर्न सक्नुहुनेछ। जग्गा जमिन वा पसल किन्ने सोच थियो भने सफलता मिल्नेछ। पुरानो कुरालाई लिएर मन अशान्त थियो भने शान्त हुनेछ। गणित वा आइटी क्षेत्रका विद्यार्थीहरूलाई समय अनुकूल रहनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ९ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कानुन विपरीत कुनै पनि कार्य नगर्नुहोस् । कार्यक्षेत्रमा लापरवाही देखि बच्नुहोस्। विद्यार्थी वर्गहरू लक्ष्य निर्धारण गरेर आफ्नो कार्य गर्नुहोस्। आजको दिन धैर्यतामा कमी रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अङ्क २ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आयका नयाँ स्रोतहरू बन्नेछन्। अग्रिम योजनाहरूमा सफलता मिल्ने य‍ोग छ। आर्थिक कारोबारमा नयाँ निर्णयहरू सम्पादन हुनेछन्। कार्यक्षेत्रमा उच्च अधिकारीबाट सम्मान पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा कार्यको सफलताले मन उत्साहित रहनेछ। समाजमा मानसम्मान बढ्नेछ। यात्रा लाभदायी रहनेछ। प्रेम सम्बन्ध सुखमय रहनेछ र जीवनसाथीको पूर्ण सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) साझेदारी व्यापारबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नेछ। जीवनसाथीको स्वास्थ्यमा ध्यान दिनुहोस्। अर्कालाई सल्लाह दिनबाट बच्नुहोस्। विद्यार्थीहरूको तर्कशक्तिमा विकास हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आयस्रोत सफल रहनेछ। व्यापार व्यवसायमा अरूको देखासिकी गरेर निर्णय नलिनुहोला। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। राजनीतिक क्षेत्रमा मान बढ्नेछ। ईर्ष्या नगर्नु नै उत्तम रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.