हेटौंडामा एक महिला मृत फेला, अनुसन्धान जारी

file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–२ गुम्बाचोकमा एक महिला मृत फेला परेकी छन्। स्थानीय अन्दाजी ५४ वर्षीया नानीमाया रुम्बा आफ्नै घरको दोस्रो तलाको कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, भदौ ३० गते हिजो दिउँसो करिब १२ बजे उनी कोठामा सुतेकी थिइन् । भदौ ३१ गते आज बिहान करिब ३ बजे श्रीमान् शंखलाल डङ्गोलले बोलाउँदा नबोलेपछि घटना बाहिरिएको हो ।

परिवारका सदस्यलाई जानकारी गराइएपछि छोरा घर आइपुगेका थिए । त्यसपछि प्रहरीले खबर पाएको र प्रहरी निरीक्षक विश्वम्भरनाथको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीले मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखेको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.