काठमाडौं । पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की बनेकी छन् । पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने भएसँगै देशले पहिलो महिला नेतृत्व पाएको हो ।
राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको सहमतिसँगै कार्कीको आजै केहीबेरपछि शपथ गर्नेछन् । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको आन्दोलनपछि देशका तीनवटै अंग ध्वस्त भएका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए ।
प्रधानमन्त्रीको राजीनामालगत्तै प्रधानसेनापतिसमेतको सहभागीतामा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका थिए ।
कार्कीले जेनजीको प्रदर्शनका दौरान भएको क्षतिग्रस्त संरचनाबाट मुलुकलाई नेतृत्व प्रदान गरेर अबको निर्वाचनपछि आउने नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नेछिन् ।
प्रतिकृया दिनुहोस्















