कारागारबाट भागेका २०७ कैदीबन्दी मकवानपुर प्रहरीले नियन्त्रणमा लिए

हेटौँडा । मिति २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीमध्ये २०७ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार, भिमफेदी कारागार, बाल सुधार गृह मकवानपुर, नख्खु कारागार र अन्य जिल्लाका कारागारबाट कैदीबन्दी फरार भएका थिए।

सुरक्षाकर्मीहरूको संयुक्त अभियानमा अहिले सम्म २०७ जनालाई नियन्त्रणमा लिइएको छ। बाँकी फरार कैदीबन्दीहरूको खोजी जारी छ।

फरार र नियन्त्रणमा लिएका कैदीबन्दीहरूको विवरण

-भिमफेदी कारागार: ४४० फरार, ११७ नियन्त्रणमा, ३२३ अझै फरार

-बाल सुधार गृह, मकवानपुर: ७२ फरार, ४५ नियन्त्रणमा, २७ अझै फरार

-नख्खु कारागार: १२ नियन्त्रणमा

-जगन्नाथदेवल कारागार : २० नियन्त्रणमा

-दमौली कारागार, तनहुँ: २ नियन्त्रणमा

-चितवन जिल्ला कारागार: ४ नियन्त्रणमा

-कास्की कारागार: २ नियन्त्रणमा

-सिन्धुली कारागार: १ नियन्त्रणमा

-सी.पा. कारागार: १ नियन्त्रणमा

-अन्य कारागार खुल्न बाँकी: ३ नियन्त्रणमा

फरार भएका कैदीबन्दीलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूको टोली निरन्तर सक्रिय रहेको र बाँकी फरार कैदीहरूको खोजी अझ कडाइका साथ जारी रहेको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.