बागमती प्रदेशमा मुख्यमन्त्री बाहे्क ८ मन्त्री नियुक्त, कस्लाई कुन मन्त्रालयको जिम्मेवारी ?

हेटौँडा । बागमती प्रदेशमा नयाँ सरकार गठन भएसँगै मुख्यमन्त्री बाहे्क ८ जना मन्त्री बनेका छन् । नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आजै एमालेका तर्फबाट ६ जना र कांग्रेसबाट पहिलो चरणमा दुई जना मन्त्री नियुक्त गरेका हुन् ।

एमालेबाट संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलको नेतृत्वमा किरण थापा मगर, जयराम थापा, भरतबहादुर केसी, डा. दिनेशचन्द्र देवकोटा र विन्दु श्रेष्ठ मन्त्री बनेका छन् । यसैगरी, कांग्रेसबाट शिवराज अधिकारी र कृष्णकुमार तामाङ मन्त्री बन्ने छन्।

जसनुसार, मधुसुदन पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयलय, किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालय, राजकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, जयराम थापालाई श्रम, रोजगार तथा यातायात मन्त्रालय, डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास मन्त्रालयल र बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र भरत बहादुर केसीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने शिवराज अधिकारीलाई विना विभागी मन्त्रीको जिम्मेवारी दिएको छ ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, पर्यटन, खेलकुद, सहकारी तथा गरिबी निवारण मन्त्रालय भने अहिले मुख्यमन्त्री बानियाँले नै हेर्नुपर्नेछ ।

नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनीहरुलाई  प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले  पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

त्यसअघि प्रदेश प्रमुख देवकोटाले नवनियुक्त मुख्यमन्त्री बानियाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । त्यसपश्चात पदभार ग्रहण गरेका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.