बागमतीका मुख्यमन्त्रीको राजीनामा पत्र प्रदेश प्रमुख कार्यालयमा पुग्यो

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ । लामाका स्वकीय सचिव छत्र लामाले सोमबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको कार्यालयमा पुगेर राजीनामा पत्र बुझाएका हुन् ।

लामाले प्रदेश प्रमुख देवकोटाका प्रमुख स्वकीय बलराम गैरेलाई राजिनामा पत्र बुझाएका हुन् । बिरामी भएर काठमाडौंमा उपचार गराइरहेका प्रदेश प्रमुख देवकोटा हेटौँडा आइसकेका छन् ।

आइतबार पत्रकार सम्मेलनमार्फत् राजीनामा दिने घोषणा गरेका मुख्यमन्त्री लामाले आफ्नो सचिवालयलाई राजीनामा पत्र जिम्मा लगाएर काठमाडौं हिँडेका थिए । राजीनामा दिनुअघि उनले तीन जना मन्त्री नियुक्त समेत गरेका थिए ।

मन्त्रीहरु गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङको शपथ ग्रहण १५ साउनको दिन दिउँसो ११ बजे तय भएपनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा बिहानै ५ बजे उपचारका लागि भन्दै काठमाडौं गएपछि रोकिएको थियो ।

धापासीस्थित ग्राण्डी अस्पतालमा मूत्रप्रणालीको उपचार गराएर डिस्चार्ज भएपछि ललितपुरको भैंसेपाटीस्थित सरकारी निवासमा बसेका प्रदेश प्रमुख देवकोटा आज सोमबार हेटौंडा फर्किएका आएका हुन् ।

लामाको राजीनामा स्वीकृत गरेपछि प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नेछन् । त्यसपश्चात सरकारको नेतृत्व गर्नेले ५६ जना बहुमत सांसदको हस्ताक्षरसहितको दाबी पेश गर्नुपर्ने छ । दाबी पेश सदर भएपछि मुख्यमन्त्रीको नियुक्ती र पद तथा गोपनीयताको शपथ हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.