हेटौंडाबाट लागुऔषधसहित दुई जना पक्राउ

हेटौंडा । हेटौंडाको रातोमाटे चेकपोष्टबाट आइतबार साँझ लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका–१ का २२ वर्षीय समिर मोक्तान र हाल हेटौंडा–१० मा बसोबास गर्दै आएका धनुषा गणेशमान चारनाथ नपा–४ का २४ वर्षीय सिद्धार्थ आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्याले जानकारी दिए ।

प्रहरीले उनीहरूलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले नियमित सवारी चेकजाँचको क्रममा बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ज ०४१४ नम्बरको यात्रुबाहक ईभी गाडीमा सवार दुई युवकलाई शंका लागेर जाँच गर्दा खैरोहेरोइन ९ ग्राम २०० मिलिग्राम लागुऔषध फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूलाई लागुऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि जिल्ला अदालत मकवानपुरबाट अनुमति लिई लागुऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । हाल उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.