लागूऔषधसहित हेटौंडाका लामा पक्राउ

हेटौंडा । लागूऔषध ट्रामाडोल ९ हजार क्याप्सुलसहित हेटौंडाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं. १३ आदामार बस्ने ३० वर्षीय प्रविन लामा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनलाई २०८२ साउन १२ गते राति ८ बजेतिर आदामारस्थित सडकमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । तलासीका क्रममा लामाको साथबाट ३ हजार क्याप्सुल ट्रामाडोल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा लामाले उक्त लागूऔषध हेटौंडा–१२ का एक व्यक्तिसँग खरिद गरेको बताएको प्रहरी स्रोतको भनाइ छ । सोही आधारमा थप अनुसन्धान गर्दा बिक्रेता झोला फालेर भागेको र उक्त झोलाबाट थप ६ हजार क्याप्सुल ट्रामाडोल बरामद गरिएको हो ।

बरामद ट्रामाडोलसहित लामालाई नियन्त्रणमा लिई लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

साथै फरार व्यक्तिको खोजी कार्य पनि भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.