हेटौँडा । मकवानपुर प्रहरीले आज बिहान जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको छ । बकैया गाउँपालिका–५ राजदमारस्थित मिलन थिङको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, बिहान १ बजेको समयमा इलाका प्रहरी कार्यालय फापरवारी, प्रहरी चौकी हात्तिसुडे र अस्थायी प्रहरी पोष्ट गरगरेको सहकार्यमा २१ जना प्रहरीको टोली खटाई छापा मारेको थियो । सो क्रममा मकवानपुरसहित विभिन्न जिल्लाका उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरुको साथमाबाट तीन सेट कौडा तथा नगद ८ लाख ३६ हजार ४० रुपैयाँ बरामद गरेको छ । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
पक्राउ परेका जुवाडेहरू यसप्रकार रहेका छन्:
१,मकवानपुरको बकैया गाउँपालिका–५ राजदमार बस्ने अन्दाजी ४६ वर्षीयख मिलन थिङ ९घर धनी०
२, मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १८, बस्ने ४५ वर्षीय कमल थापा
३, सिन्धुलीको दुधौली नगरपालिका–२, बस्ने ३७ वर्षीय कैलाश धामी ।
४, मकवानपुरको हेटौँडा –८, कमाने बस्ने ५३ वर्षीय फडिन्द्र प्रसाद घिमिरे ।
५, मकवानपुरको हेटौँडा–१६, हटिया बस्ने ४६ वर्षीय रमेश महत ।
६, मकवानपुरको बागमती गाउँपालिका–६, पाथीभारा बस्ने ४५ वर्षीय शेर बहादुर राना ।
७, मकवानपुरको बागमती गाउँपालिका–६, बस्ने अन्दाजी ३३ वर्षीय दिपक दोङ ।
८, मकवानपुरको बागमती गाउँपालिका–५ झुरझुरे बस्ने ४६ वर्षीय रबि चौधरी ।
९, रौतहट गौर नगरपालिका– ९, बस्ने अन्दाजी ५५ वर्षीय ईश्वर चौधरी ।
१० मकवानपुरको बकैया–७ बस्ने ३८ वर्षीय रोहन लुङबा ।
११, मकवानपुरको हेटौँडा–४, हुप्रा बस्ने अन्दाजी ५२ वर्षीय कृष्ण लामा ।
१२, मकवानपुरको बागमती गाउँपालिका–७ बस्ने अन्दाजी २२ वर्षीय बिजय तामाङ ।
१३, रौतहटको बोधिमाई नगरपालिका–८, बस्ने अन्दाजी ३५ वर्षीय बिजय साह कलवार ।
१४, मकवानपुरको बकैया गाउँपालिका–४, जुरेली बस्ने अन्दाजी वर्ष ५५ को गेहेन्द्र बहादुर थिङ ।
१५, मकवानपुरको बागमती गाउँपालिका–७, बस्ने अन्दाजी ४० वर्षीय राज कुमार फुयाल ।
१६, मकवानपुरको बागमती गाउँपालिका–५ बस्ने अन्दाजी ३० वर्षीय अणराज राउत ।
१७, सिन्धुलीको मरिन गाउँपालिका–३ बस्ने अन्दाजी ४९ वर्षीय बेनी बहादुर मुक्तान ।
१८, सिन्धुलीको मरिन गाउँपालिका–६ बस्ने ४३ वर्षीय उमेश माझी ।
१९, सिन्धुलीको कमलामाइ नगरपालिका–१० बस्ने ५५ वर्षीय शेर बहादुर थापा ।
२० मकवानपुरको हेटौँडा –९ लामसुरे बस्ने ३७ वर्षीय दिनेश लामा ।
२१, मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमाने बस्ने ३६ वर्षीय चित बहादुर पाख्रिन ।
२२, मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ ठुलो दमार बस्ने ३५ वर्षीय अशोक श्रेष्ठ ।

















