मकवानपुरको कैलाशबाट १ हजार ७४ केजी गाँजासहित चार जना नियन्त्रण

हेटौँडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजा र अफिमसहित चार जनालाई  नियन्त्रणमा लिएको  छ । सोमबार बिहान विशेष सूचनाका आधारमा खटिएको संयुक्त अपरेशन टोलीले कैलाश गाउँपालिका–५, कटहरेबाट १ हजार ७४ किलोग्राम गाँजासहित चार जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा कैलाश–५ निवासी ७३ वर्षीय हरिबहादुर वाईबा, ४८ वर्षीय बुद्धिबहादुर पाख्रिन (बद्रिबहादुर पाख्रिन), ३४ वर्षीय अरुण गोले र १९ वर्षीय राजेन्द्र लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

प्रवक्ता अर्यालका अनुसार, लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पालुङको संयुक्त टोलीले गाँजा घरमै लुकाईछिपाई सञ्चय गरिएको जानकारीपछि छापा मारेको थियो।

बरामद गाँजासहित उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रवक्ता अर्यालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.