हेटौँडा । हेटौँडाको कर्रा पुल नजिकै आज बिहान एक ट्रक ब्रेक फेल भई नालामा पल्टिएको छ । मोरङबाट नवलपरासीतर्फ गइरहेको प्रदेश १–०२–००२ ख ०९३६ नम्बरको ग्याविन तार लोड गरिएको १२ चक्के लोड ट्रक पूर्व–पश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका–९ स्थित सडकमा ब्रेक फेल हुँदा बायाँ किनारमा रहेको नालामा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक सोना लाल प्रसाद यादवको कमाण्डमा रहेको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रारम्भिक विवरणअनुसार दुर्घटनामा कुनै मानविय क्षति भने नभएको र चालक सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, ट्रकको कागजातहरू नियन्त्रणमा लिइएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ । ट्रक नालामा खसेपनि सडकमा सवारी आवागमन भने सामान्य रहेको छ।
प्रतिकृया दिनुहोस्

















