हेटौँडाबाट सुनको तिलहरी चोरीमा संलग्न ३ जना पक्राउ

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८, रामधुनी चोकमा सुनको गहना चोरीमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा हेटौँडा उपमहानगरपालिका–१८ का २४ वर्षीय उपेन्द्र बहादुर विश्वकर्मा, ३० वर्षीय संजिव गोतामे र वडा नं. ४ निवासी २५ वर्षीय सन्तबहादुर बराईली रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, गत जेठ २३ गते बिहान करिब ७ बजे उषा परियारको घरबाट सुनको तिलहरी चोरी भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्राप्त जानकारी अनुसार पीडित परियारले आफ्नो घरबाट सुनको तिलहरी हराएको उजुरी दिएपछि प्रहरी चौकी ठुलोदमार मकवानपुरबाट खटिएको टोलीले अनुसन्धान गर्दै जाँदा चोरीमा संलग्न उनीहरुलाई हिजो जेठ २८ गते सुनको गहनासहित नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई नियन्त्रणमा लिई चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.